समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–४ मा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ। गएराति सुतिरहेका बेला सर्पले टोकेको कारण अन्दाजी १० वर्षीय नवीन विकको घटनास्थलमै मृत्यु भएको हो।

Advertisement

स्थानीय वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईका अनुसार नवीन आफ्ना हजुरबुवासँगै भुइँमा सुतेका थिए। त्यही क्रममा कालो गोमन जातको विषालु सर्पले खुट्टामा टोकेको थियो। डसेको केही समयमै नवीनको ज्यान गएको पुष्टि गरिएको छ।

Advertisement

बालकको मृत्युपछि स्थानीयले घर आँगनमा खोजी गरेर दुईवटा सर्प मारेका छन्। नवीन कमल गाउँपालिका अन्तर्गतको ज्योति आधारभूत विद्यालयमा अध्ययनरत थिए। उनी आफ्ना हजुरबुवा र हजुरआमासँग बस्दै आएका थिए। उनका बुवा वैदेशिक रोजगारीका लागि विदेशमा छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article