आज २०८२ साल असार २७ गते शुक्रबारको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका कार्य प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। चलचित्र वा मिडियाको क्षेत्रबाट विशेष सफलता पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आकस्मिक समस्याले दौडधुप गराउन सक्ला। व्यापार व्यवसायको सन्दर्भमा रमाइलो यात्रा को अवसर जुट्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। अरुको स्वार्थमा उपयोगी भइनेछ सजग रहनुहोला। कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ। माताको स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा बोलिको प्रभावले आएका अवसरहरू गुम्लान् सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक यात्रा सफल रहनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा रहनेछ। फजुल खर्चबाट बच्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। घर परिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथीबाट सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अरुको लागि बुद्धि र श्रम खर्चिनु पर्ला। गोपनीयता बाहिरिनाले समस्या देखा पर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला। प्रतिभाको उच्च मूल्यांकन हुनेछ। कानुनी मामलाहरूमा पक्ष कमजोर रहला। कृषि र पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य र पराक्रममा वृद्धि हुनेछ। आँटेका कार्य सम्पादन हुनेछन्। पठनपाठनमा मन लाग्नेछ। नयाँ कार्यको थालनी हुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। मेहनतले कार्यमा सफलता दिलाउनेछ। आजको शुभ रंग हरियो हे भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा शिक्षकको सहयोग मिल्नेछ। भावनात्मक सम्बन्ध मजबुत हुनेछन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तसँगको सम्पर्कले मन आनन्दित रहनेछ। रचनात्मक कार्यले पुराना पद्धतिमा सुधार ल्याउन सक्नुहुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा अधिकारी वर्गहरु हजुरको कार्यबाट प्रसन्न हुनेछन्। सहयोगी वर्गको साथ मिल्नेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिहरूलाई पनि सजिलै सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार