हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

कोशी ब्यारेजमा पानीको उच्च बहाव: २३ ढोका खोलिए

सप्तरी, १९ साउन । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो।

Advertisement

आज बिहान गरिएको मापनअनुसार कोशी ब्यारेज हुँदै एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानी बगिरहेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएको छ।

Advertisement

कोशी ब्यारेज भएर पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिने प्रावधानअनुसार अहिले रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

यसअघि २०६५ साल भदौ २ गते, जब कोशीमा एक लाख ६८ हजार क्युसेक पानी बगिरहेको बेला पूर्वी तटबन्ध भत्किएको थियो, त्यसले ठूलो जनधनको क्षति पुर्‍याएको स्मरणीय छ।

हालैको बहाव अझै खतराको सीमामा रहेकाले कोशी आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)