हल्दीबारी, झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ हात्तीको ठूलो बथान प्रवेश गरेपछि स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। मोरङतर्फबाट करिब २५–३० संख्यामा हुल बाँधेर आएको हात्तीसमूहका कारण रातिदिन गस्ती र माइकिङमार्फत सर्वसाधारणलाई चेतना फैलाइइरहेको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार बच्चासहितको बथान झापा प्रवेश गरेपछि सम्भावित जोखिम रोक्न तत्काल सूचना प्रवाह गरिएको हो।
“डेढ वर्षअघि प्रसाद गौंडा, बाहुनडाँगीमार्ग हुँदै ५०–६० हात्ती नेपाल पसेका थिए। उनीहरूमध्ये करिब ३० भारततर्फ फर्किसकेका छन् भने बाँकी मोरङ–सुनसरी क्षेत्रको वनमा बसेका थिए,” प्रमुख श्रेष्ठले भने, “अब यही समूह फर्कने क्रममा झापा आइपुगेकाले सतर्कता अपनाउन आग्रह गरेका हौँ।”

वन कार्यालयका अनुसार हात्तीको बथान शनिबार शिवसताक्षीधामस्थित रतुवामाई वृक्षारोपण वन क्षेत्रमा रहेको छ। जनधनको क्षति नहोस् भन्ने उद्देश्यले हात्ती देखिने पालिकाहरूमा रात्रिकालीन गस्ती, माइकिङ तथा क्षेत्रअनुसार निगरानी बढाइएको श्रेष्ठले जानकारी दिए।

उनका अनुसार हात्ती प्रायः दिनभर सामुदायिक वनमै बस्ने र राति मात्र आवतजावत गर्ने गर्छन्।“आज वा भोलिसम्ममा बाहुनडाँगीको प्रसाद गौंडा हुँदै बथान भारततर्फ फर्कने अनुमान गरिएको छ,” उनले बताए।

वन कार्यालयले हात्ती कुन दिशातर्फ गइरहेको छ भन्ने निरन्तर ट्र्याक गरिरहेको र स्थानीयलाई अनावश्यक नजिकिन नआग्रह गर्न समेत अनुरोध गरेको छ। फाइल तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार