समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

हल्दीबारी–५ मा विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण

हल्दीबारी गाउँपालिका वडा नं ५ का वडा कार्यालयले वडाभित्रका विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ।

विज्ञापन (Advertisement)Advertisement

वडा अध्यक्ष खड्कबहादुर लावतीका अनुसार, वडाभित्रका १८ घरधुरी परिवारलाई जडानसहित विद्युत मिटर उपलब्ध गराइएको हो। यो कार्य वडाको गत आर्थीक वर्ष २०८१/०८२ को बाँड्न बाँकी सिलिङ बजेट अन्तर्गत ५४ हजार रुपैयाँको मीटर वितरण गरिएको उनले बताए।

उनले यस पहलले आर्थिक रुपमा कमजोर रहेका परिवारलाई विद्युत पहुँचमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

वडा कार्यालयले वडाभित्रका मुख्य सडक तथा शाखा सडकहरुमा समेत सडक वती बाल्दै आएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)