नेपालमा थप १ जनामा कोरोना भाइरस ९कोभिड १९०को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा झापाका पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोना संक्रमण भएका व्यक्ति अहिले कोशी अस्पतालको सम्पर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ । 

 (सक्रमित मानिस दिल्ली बाट फर्किएको बुझिएको छ भने जमाती समूह सग आवद्ध रहेको श्रोत ले बताएको छ।)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार