समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

राजनीतिक व्यक्तित्वमाथि आक्रमणप्रति एमाले कोशी प्रदेश समितिको कडा आपत्ति

बिराटनगर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश समितिले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि आज बिहान विमानस्थलदेखि इटहरीसम्मको यात्रामा भएको दुव्र्यवहार र आक्रमण प्रयासको घोर भत्र्सना गरेको छ।

कोशी प्रदेश समितिका अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको विज्ञप्तिमा घटनालाई “गम्भीर, आपराधिक र निन्दनीय” भन्दै यस्ता कार्यहरूले लोकतन्त्रको आधार र मानवअधिकारमा प्रहार गर्ने बताइएको छ। खतिवडाले भनेका छन्, “रातो मसी छ्याप्ने, भीड उकास्ने, बाटो अवरुद्ध गर्ने र शारीरिक आक्रमण प्रयास गर्ने प्रवृत्ति पूर्ण रूपमा अस्वीकार्य छ।”

विज्ञापन (Advertisement)Advertisement

विज्ञप्तिमा उल्लेख छ कि बाराको सिमरामा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसहितका नेताहरु सहभागी कार्यक्रमपछि उत्पन्न घटनाहरु दोहोरिँदै जानुले सरकार यस्ता घटनाका दोषीलाई संरक्षण गरिरहेको देखिन्छ। नेतामाथि नियोजित आक्रमण र राज्य संयन्त्रको असफलताले स्वतन्त्र आवागमन र राजनीतिक कार्यक्रम सञ्चालनमा व्यवधान पुर्याइरहेको विज्ञप्तिमा भनिएको छ।

खतिवडाले भनेका छन्, “नेताहरूमाथि हुने शारीरिक आक्रमण, सार्वजनिक स्थलमा गालीगलौज, आवागमन रोक्ने प्रयास वा निषेध–राजनीति लोकतन्त्रको आत्मासँग मेल खाँदैन। असहमति स्वाभाविक भए पनि त्यसलाई संस्थागत, शान्तिपूर्ण र विवेकपूर्ण तरिकाले व्यक्त गर्नुपर्छ।”

एमालेले भविष्यमा कुनै पनि राजनीतिक व्यक्तिमाथि आक्रमण, अवरोधजस्ता कार्य दोहोरिन नदिन कडा कानुनी कारबाहीको माग गरेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)