समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

सर्वोच्च अदालत आगजनी: भद्रपुरकी थापासहित दुई जना पक्राउ

झापा, ८ मंसीर: गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ की २८ वर्षीया ज्योति थापा घताने र ललितपुरको महालक्ष्मी–५ का ३० वर्षीय सुशील श्रेष्ठ (ब्राउन) रहेका छन्। प्रहरीको दाबी अनुसार, उनीहरूले अदालतमा तोडफोड र आगजनी गरेका हुन्।

विज्ञापन (Advertisement)Advertisement

काठमाडौं जिल्ला अदालतले दुवैजनालाई सात दिनको म्याद थप गरी आपराधिक उपद्रवसम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)