समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

नेपाली कांग्रेसको नयाँ नेतृत्वसहित निर्वाचन लड्ने तयारी: महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले आगामी निर्वाचन नयाँ नेतृत्व र नयाँ सभापतिको हस्ताक्षरमा लड्ने दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने र त्यहाँबाट नयाँ नेतृत्व चयन हुने बताए।

विज्ञापन (Advertisement)Advertisement

थापाले भनेका छन्, “प्रष्ट छ, अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ।”

उनले स्पष्ट पारेका छन् कि पार्टीले निर्वाचन अगाडि नै महाधिवेशनको माग गर्नुको मुख्य कारण यही हो, र नयाँ नीति तथा नेतृत्वसहित चुनावमा जाने तयारी छ।

महामन्त्री थापाले पार्टीका पंक्तिलाई यस विषयमा कुनै अलमलमा नपर्न समेत आग्रह गरेका छन्।

यसको अर्थ, आगामी निर्वाचनमा वर्तमान सभापतिको हस्ताक्षरमा चुनाव नलड्ने स्पष्ट भएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)