समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

तस्करी नियन्त्रण अभियानः झापामा २०० केजी माछा समातियो

झापा । झापाको झापा गाउँपालिका–१ रसुनगञ्ज सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको ठूलो परिमाणको माछा सशस्त्र प्रहरीले बरामद गरेको छ।

आज दिउँसो करिब १२:४० बजे सशस्त्र प्रहरी बल नेपाल, बिओपी टाँघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारततर्फबाट नेपालमा भित्र्याइँदै गरिएको करिब २०० केजी रहूँ जातको माछा नियन्त्रणमा लिएको हो। बरामद माछाको अनुमानित मूल्य करिब रुपैयाँ ६० हजार रहेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

बरामद गरिएका ती माछाहरू आवश्यक प्रक्रिया पूरा गरी बिओपी परिसरमै खाल्डो खनेर नष्ट गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)