समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

झापामा सिँचाइको मोटर चोरी गर्दागर्दै एक युवक पक्राउ

झापा। झापा गाउँपालिका–३ स्थित पेचकारनी टोलबाट सिँचाइको मोटर चोरी गर्दागर्दै एक युवक पक्राउ परेका छन् । स्थानीयवासीको सहयोगमा प्रहरीले कनकाई नगरपालिका–४ सुरुङ्गा निवासी २५ वर्षीय लक्ष्मण चौधरीलाई नियन्त्रणमा लिएको हो ।

​प्रहरीका अनुसार बुधबार राति करिब १२:४० बजे स्थानीय मिस महमदले घरबाट करिब ६०० मिटर टाढा खेतमा जडान गरेको ३/४ इन्चको सिँचाइ मोटर चोर्न खोज्दा चौधरीलाई स्थानीयले फेला पारेका थिए । सुरुमा स्थानीयवासीले उनलाई नियन्त्रणमा लिएर टाघनडुब्बा प्रहरी चौकीमा खबर गरेका थिए ।

विज्ञापन (Advertisement)Advertisement

​खबर पाउनासाथ टाघनडुब्बा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असिई) कृष्ण गिरीको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर चौधरीलाई हिरासतमा लिएको थियो ।

​पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)