हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मलेसियामा ५४ जना नेपालीलाई कोरोना सङ्क्रमण

मलेसियामा थप ३४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै मलेसियामा ५४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको मलेसियामा रहेको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिए।

Advertisement

सङ्क्रमितमध्ये तीन जना निको भएका छन् भने ५१ जनाको उपचार भइरहेको पनि उनले बताए । सङ्क्रमित सबै जना पुरुष रहेका छन् ।मलेसियामा अहिलेसम्म ६ हजार ६५६ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ५ हजार २५ जना निको भएका छन् भने १५ सय २३ जनाको उपचार भइरहेको छ । अहिलेसम्म १०८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

Advertisement

यस्तै मलेसियामा कोरोना सङ्क्रमण रोकथामका लागि जारी गरेको आवागमन नियन्त्रण आदेश(लकडाउन)चार हप्ता थपिएको छ । यसअघि १२ मेसम्म तोकिएको लकडाउनको समय चार हप्ता थप्दै जुन ९ सम्म लम्बाइएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)