हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

भोटेकोशी बाढी पीडितका लागि १२ अर्ब ६३ करोड संकलन, राहत कार्यका लागि १ अर्ब निकासा

झापा । नेपालको रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि आह्वान गरिएको नेपालका प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात पुगेको छ।

Advertisement

​बाढीका कारण धनजनको ठूलो क्षति भएपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सार्वजनिक आह्वान गरेको थियो। सो पश्चात् भारत, नेपाल तथा अन्य विभिन्न मुलुकमा रहेका नेपाली दाजुभाइ तथा विभिन्न संघ-संस्थाहरूबाट आर्थिक सहयोग रकम संकलन भई कोषमा दाखिला भइरहेको छ।

Advertisement

​कोषमा जम्मा भएको उक्त कुल रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ जमा छ। यसैगरी, विदेशी सहयोग तथा अन्तर्राष्ट्रिय संघ-संस्थाबाट प्राप्त २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर अन्य दुई वटा वाणिज्य बैंकका खातामा मौज्दात रहेको जनाइएको छ।

​बाढीबाट प्रभावित बनेका क्षेत्रहरूमा सर्वसाधारणको उद्धार, खाद्यान्न वितरण तथा अस्थायी बसोबासको प्रबन्ध मिलाउन कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिसकिएको छ। उक्त रकम नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित क्षेत्रमा पठाएर राहत कार्य द्रुत गतिमा अघि बढाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)