झापा । “सुखी नेपाली : समृद्ध नेपाल हाम्रो अभियान, समान सहभागिताका लागि सुदृढ संगठन” भन्ने मूल नाराका साथ अखिल नेपाल महिला संघ, हल्दीबारी गाउँ कमिटीको आयोजनामा दीप प्रज्वलन तथा राहत संकलन कार्यक्रम सम्पन्न भएको छ।

झापाको हल्दीबारी-४ स्थित मंगलबारे बजारमा “यसपालिको तीज, बाढीपीडितलाई समर्पित” गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो।

अखिल नेपाल महिला संघ हल्दीबारी गाउँ कमिटी अध्यक्ष जानुका डाँगीको सभापतित्व तथा हल्दीबारी इन्चार्ज गीतादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि भण्डारी, नेकपा एमाले गाउँ कमिटी सह-सचिव रोशन शिवाकोटी र कार्यक्रमका सभापति डाँगी लगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो।
उक्त कार्यक्रममा नेकपा एमाले हल्दीबारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा, क्षेत्रीय सचिव नरेश चुडाल लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। सो कार्यक्रमको सञ्चालन क्षेत्रीय अध्यक्ष इन्दिरा शिवाकोटीले गर्नुभएको थियो।
