हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

हल्दीबारीका गगन बिमली वाई-वाई कप यू-१९ का लागि झापा टोलीमा छनोट

हल्दिबारी (झापा) । वाई-वाई कप यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि हल्दीबारी -४ का गगन बिमली झापा जिल्लाको २४ सदस्यीय प्रारम्भिक टोलीमा छनोट भएका छन्।

Advertisement

​नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक कार्यक्रमअनुसार झापा जिल्ला क्रिकेट संघले आयोजना गरेको छनोट प्रतियोगिताका आधारमा उनी बन्द प्रशिक्षणका लागि छानिएका हुन्। संघले गत वैशाख २० गतेदेखि ४ वटा टोली बनाएर सञ्चालन गरेको छनोट प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो।

Advertisement

​पूर्व निर्धारित समयमा प्रतियोगिता सञ्चालन हुन नसकेकाले आगामी खेलहरूलाई लक्षित गर्दै टोलीको तयारी तथा प्रशिक्षण कार्यक्रम अघि बढाउन लागिएको झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रबिन थापाले जानकारी दिए।

​छनोट टोलीमा गगन बिमलीसहित सुगम बुढाथोकी, राजीव महतो, एलेक्स मण्डल, उत्तम राजवंशी, रेमो कार्की, सन्तोष सिंह, रिजन आङदेम्बे, अंकित आचार्य, रिजल रिमाल, क्षितिज प्रसाईं, एगल्स अधिकारी र अर्पण कोइराला परेका छन्। त्यसैगरी दिप्सन पौडेल, प्रशान्त बुढाथोकी, निरज भट्टराई, युवराज भट्टराई, दिप्सन श्रेष्ठ, दिप्सन किसान, युनिक गौतम, बिधि सिन्देल, दर्पण सिवाकोटी, रुजल सुन्दास र उज्ज्वल खतीवडा पनि २४ सदस्यीय बन्द प्रशिक्षण टोलीमा अटाउन सफल भएका छन्।

​छनोटमा परेका खेलाडीहरूलाई चाँडै नै बन्द प्रशिक्षणमा समावेश गराइनेछ भने प्रशिक्षणको स्थान, मिति र समयबारे संघले छिट्टै अर्को सूचनामार्फत जानकारी गराउने जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)