हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

जलवायु परिवर्तन न्यूनीकरणमा युवा सक्रियता : गौरादहमा ‘ग्लोबल डे अफ क्लाइमेट एक्सन’

पवन गिरी :

Advertisement

गौरादह, झापा — जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जलवायु न्यायका लागि युवाको सक्रिय सहभागिता बढाउने उद्देश्यले झापाको गौरादहमा ‘ग्लोबल डे अफ क्लाइमेट एक्सन’ कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

​नेपाली युथ क्लाइमेट एक्सन (एनवाईसीए) झापाको सहकार्यमा गौरादहका युवाहरूले धोबिनिया चोकमा आयोजित कार्यक्रममा स्थानीय समुदाय तथा युवाहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा जलवायु सङ्कट, यसले पारेको प्रभाव र न्यूनीकरणका उपायबारे अन्तरक्रिया, प्रस्तुति र कलामार्फत सचेतना (आर्टिभिजम) प्रस्तुत गरिएको थियो।

​त्यस अवसरमा सहभागीहरूले “जलवायु न्यायका लागि युवा अभियान” लाई स्थानीय तहबाटै प्रभावकारी बनाउनुपर्ने र वातावरण संरक्षणमा युवाको भूमिका बढाउनुपर्नेमा जोड दिए। जलवायु परिवर्तनको मार सबैभन्दा बढी जोखिममा रहेका समुदाय र भावी पुस्ताले भोग्नुपरेकाले यसको दीर्घकालीन समाधानका लागि युवा पुस्ता स्वयम् अग्रसर हुनुपर्ने सन्देश कार्यक्रममार्फत दिइएको छ।

​कार्यक्रमले स्वच्छ वातावरण, जीवाश्म इन्धनमुक्त भविष्य र न्यायपूर्ण जलवायु प्रणालीको निर्माणका लागि युवाको सामूहिक आवाज तथा पहललाई एकीकृत गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)