हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

झापा । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको हो ।

Advertisement

​मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साइबर ब्युरोको अनुरोधमा दाहाललाई नियन्त्रणमा लिइएको हो ।

Advertisement

​एक कार्यक्रममा सहभागी हुन मोरङ पुगेका दाहाललाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)