हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

नेपाली कांग्रेस बाह्रदशी गाउँ कार्यसमितिमा इन्द्र बस्नेतको नेतृत्वमा नयाँ टोली निर्वाचित

झापा। नेपाली कांग्रेस बाह्रदशी गाउँ कार्यसमितिको १५औँ अधिवेशनबाट सभापति पदमा इन्द्र बस्नेत निर्वाचित भएका छन्। अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ पदाधिकारी तथा सदस्यहरू चयन गरेको हो।

Advertisement

​नवनिर्वाचित समिति अनुसार उपसभापतिमा पञ्चानन राजवंशी र चम्पादेवी तिवारी निर्वाचित भएका छन्। त्यसैगरी सचिव पदमा लक्ष्मीप्रसाद उप्रेती तथा सहसचिवमा नारायण गोस्वामी चयन भएका छन्।

Advertisement

​यस्तै कार्यसमिति सदस्यहरूमा रजत मन राजवंशी, हर्क कार्की, रञ्जना बास्कोटा, धर्मराज थापा, पिङ्की साह, सदिक्षा खड्का, तीर्थ काफ्ले, लीलाप्रसाद चापागाईं र साबित्रा विक निर्वाचित भएका छन्।

​अधिवेशन पश्चात् निर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नवनिर्वाचित कार्यसमितिले नेपाली कांग्रेसको सांगठनिक संरचनालाई थप सुदृढ बनाउँदै बाह्रदशी क्षेत्रमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास लिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)