झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हल्दिबारी गाउँपालिका गाउँ समितिको सचिवमा धर्मप्रसाद काफ्ले ‘बाबा’ सर्वसम्मत निर्वाचित भएका छन्।

सचिव पदका लागि पार्टीका पूर्वसचिव गंगाप्रसाद उप्रेती र काफ्लेको उम्मेदवारी परेको थियो। सहमतिका लागि भएको छलफलपछि उप्रेतीले आफ्नो उम्मेदवारी फिर्ता लिएर काफ्लेलाई समर्थन गरेपछि काफ्ले सर्वसम्मत निर्वाचित भएका हुन्।

काफ्ले हल्दिबारी गाउँपालिका–४, मङ्गलबारेका युवा व्यवसायी हुन्। व्यवसायसँगै नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा समेत सक्रिय रहँदै आएका उनी गाउँ समितिको सचिवको जिम्मेवारीमा पुगेका हुन्।
उप्रेतीले उम्मेदवारी फिर्ता लिएसँगै सचिव पदमा काफ्ले निर्वाचित भएका थिए ।
