हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

रिम्बी (पश्चिम सिक्किम)मा भीषण पहिरो: ३० परिवार विस्थापित, सर्वस्व गुम्ने जोखिम

गान्तोक, ९ असोज — पश्चिम सिक्किमको गेजिङ जिल्लास्थित रिम्बी गाउँमा लगातारको अविरल वर्षाका कारण गएको ठूलो पहिरोले भीषण क्षति पुर्‍याएको छ। पहिरोका कारण दर्जनौँ घरमा क्षति पुग्नुका साथै प्रभावित क्षेत्रका ३० परिवार आफ्नो घर छाडेर विस्थापित हुन बाध्य भएका छन्।

Advertisement

​पछिल्ला केही दिनदेखि जारी निरन्तर वर्षाले जमिन भासिने र चिरा पर्ने क्रम बढ्दै गएकामा बिहीबार-शुक्रबार राति अचानक ठूलो पहिरो खसेको थियो। पहिरोले बस्तीका धेरै घर र भौतिक संरचनामा क्षति पुर्‍याएको छ। जोखिम बढेपछि त्रसित बनेका स्थानीय बासिन्दाहरू मध्यरातमै सुरक्षित स्थान तथा आफन्तकोमा शरण लिन पुगेका छन्।

Advertisement

​जमिन अझै कमजोर रहेको र वर्षा नरोकिएकाले थप पहिरो खस्ने जोखिम यथावत् रहेको स्थानीयले बताएका छन्। थप दुर्घटना हुन नदिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

​अहिलेसम्म प्राप्त विवरणअनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन। भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने र जोखिमको अवस्था मूल्याङ्कन गर्ने कार्य जारी रहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)