हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

बिर्तामोडमा युवतीको हातखुट्टा र घाँटी बाँधेर पेट्रोल छर्कने भारतीय नागरिक पक्राउ

बिर्तामोड (झापा) । झापाको बिर्तामोडमा एक युवतीको हातखुट्टा तथा घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउन खोजेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Advertisement

​पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाडकट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोडस्थित एक मिठाई पसलमा कार्यरत ४२ वर्षीय दिलिपचन्द्र राय रहेका छन्।

Advertisement

​प्रहरीका अनुसार राय सोमबार राति साढे १० बजे बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया युवतीको कोठामा पुगेका थिए। इलामको रोङ गाउँपालिका–३ घर भई बिर्तामोडमा बस्दै आएकी ती युवतीको कोठामा राय मादक पदार्थ र पेट्रोल बोकेर पुगेका थिए।

​कोठाभित्र प्रवेश गरेपछि रायले तन्ना च्यातेर युवतीको हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ। घटनाको सूचना पाउनासाथ पुगेको प्रहरी टोलीले युवतीको उद्धार गरी रायलाई नियन्त्रणमा लिएको हो।

​घटनामा घाइते युवतीको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

​प्रारम्भिक बयानका क्रममा रायले ती युवतीलाई करिब ७० हजार रुपैयाँ सापटी दिएको र उक्त रकम लामो समयसम्म फिर्ता नदिएकाले यस्तो कदम चालेको दाबी गरेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार घटनाको कारण, प्रयोग गरिएको पेट्रोल तथा अन्य प्राविधिक विषयमा थप अनुसन्धान भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)