समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापाको मेचीनगरमा ५७७ किलो अवैध गाँजा बरामद

झापा ।झापाको मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोक नजिकैको चिया बगानबाट प्रहरीले ५७७ किलोग्राम अवैध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपनिरीक्षक सुवास बुढाथोकीका अनुसारअनुसार कसैले बेवारिसे अवस्थामा अवैध गाँजा लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा उक्त कारबाही गरिएको हो।

​इलाका प्रहरी कार्यालय काँकरभिट्टा र अस्थायी प्रहरी पोस्ट इटाभट्टाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मिति २०८३०७२० गते बिहान अन्दाजी ०७:५० बजेको समयमा सो स्थानबाट गाँजा नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले चिया बगानबाट १३ वटा पोकामा रहेको उक्त गाँजा फेला पारेको थियो। बरामद गरिएको गाँजा प्लास्टिकबाहेक ५७७ किलोग्राम र प्लास्टिकसहित ५६२ किलोग्राम ८०० ग्राम रहेको प्रहरीले जनाएको छ।

​उक्त घटनाबारे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान कार्य भइरहेको छ। 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)