समाचार
हल्दिबारी संवाददाता ४२ मिनेट अगाडि

कनकाई दुर्घटना: ६० वर्षीय कार्कीको मृत्यु, शव पोस्टमार्टमका लागि अस्पताल पठाइँदै

झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित पुलमा लहरीको ठक्करबाट एक वृद्धको मृत्यु भएको घटनामा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।

​गएको दुर्घटनामा कनकाई नगरपालिका–१ निवासी ६० वर्षीय गजेन्द्र कार्कीको ज्यान गएको हो। प्रहरीका अनुसार दुर्घटनामा संलग्न लहरीलाई नियन्त्रणमा लिइसकेको छ भने मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ।

घटनाबारे थप अनुसन्धान तथा विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)