समाचार
हल्दिबारी संवाददाता २१ मिनेट अगाडि

असमको डिब्रूगढमा भीषण आगलागी: सिलिन्डर विस्फोट हुँदा दर्जनौँ घर जले, स्थानीय घाइते

डिब्रूगढ, २४ कात्तिक । भारतको असमस्थित डिब्रूगढ सहरको उत्तरी अमोलापट्टी क्षेत्रमा मङ्गलबार भीषण आगलागी भएको छ। यस भीषण अग्निकांडमा परी थुप्रै घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

​प्राप्त जानकारीअनुसार स्थानीय क्षेत्रमा रहेका केही ग्यास सिलिन्डरहरूमा अचानक विस्फोट हुँदा आगोले केही क्षणमै विकराल रूप लिएको थियो। आगलागी फैलिँदै जाँदा आसपासका घरहरू पनि जलेर खरानी भएका छन् भने यसले सिङ्गो बस्तीमा ठूलो आतङ्क र त्रास सिर्जना गरेको छ।

​घटनामा तातु नामक एक स्थानीय बासिन्दाको घरका सम्पूर्ण सरसमान पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगो नियन्त्रणमा लिन र यसलाई थप बस्तीतर्फ फैलिनबाट रोक्ने प्रयास गर्ने क्रममा केही स्थानीय बासिन्दाहरू घाइते भएको स्थानीय प्रशासनले जनाएको छ।

​अचानक भएको यस दुर्घटनाबाट प्रभावित परिवारहरू खुला आकाशमुनि आउन बाध्य भएका छन् भने यस घटनामा ठוलो परिमाणमा भौतिक सम्पत्तिको क्षति भएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)