समाचार
हल्दिबारी संवाददाता ९ घण्टा अगाडि

ममता हत्या प्रकरण: पति नरेश भट्ट प्रथम श्रेणीको हत्यामा दोषी ठहर, मार्च १२ मा सजाय सुनाइने

अमेरिकाको भर्जिनिया राज्यमा चर्चित नर्स ममता काफ्ले भट्टको हत्या र शवको अवमूल्यन गरेको अभियोगमा उनका पति नरेश भट्टलाई अदालतले प्रथम श्रेणीको हत्यासहित सबै प्रमुख कसूरमा दोषी ठहर गरेको छ।

प्रिन्स विलियम काउन्टी अदालतमा ६ हप्तासम्म चलेको सुनुवाइपछि जुरीले मङ्गलबार उक्त ऐतिहासिक फैसला सुनाएको हो। सुनुवाइको क्रममा नरेशले पत्नीको शव टुक्राटुक्रा पारेर फोहोर फाल्ने मेसिनमा फालेको कुरा स्वीकार गरे पनि हत्या भने नगरेको दाबी गरेका थिए। तर अभियोजन पक्षले प्रस्तुत गरेको विद्युतीय आरामा भेटिएको डिएनए प्रमाण तथा अन्य डिजिटल साक्ष्याधारका आधारमा अदालतले उनको दाबी खारेज गरेको छ।

यससँगै अदालतले उनको धरौटीमा रिहा हुने सुविधा पूर्ण रूपमा खारेज गर्दै आगामी मार्च १२ मा सजाय सुनाउने तयारी गरेको छ। न्यायको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका ममताका परिवार र सहकर्मीहरूले सत्यको जित भएको र ममताले न्याय पाएको प्रतिक्रिया दिएका छन्।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)