एजेन्सी । भारत–चीन सीमामा भएको भिडन्तपछिको अवस्थाबारे छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन् ।मोदीले जुन १९ अर्थात शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

बैठक शुक्रबार बेलुका पाँच बजे बस्ने प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार राति लद्दाखको पूर्वी क्षेत्रको वास्तविक नियन्त्रण रेखा ९एलएसी० को गलवान उपत्यका सीमा क्षेत्रमा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो।सो भिडन्तमा भारतका एक उच्च सैनिक अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो। मोदीले त्यसपछि उत्पन्न भएको परिवेश बारे छलफल गर्न बैठक बोलाएका हुन्।

भिडन्तमा ४३ चिनियाँ सैनीकको घाइते भएको र मृत्यु केहिको मृत्यु भएको जनाइएको छ । तर त्यसको चीनले औपचारिक पुष्टि भने गरेको छैन् ।भारतीय सेनाका अनुसार पछिल्लो ४५ वर्षमा सीमा क्षेत्रमा भएको यो सबैभन्दा डरलाग्दो झडप भएको र यसमा अधिकांश घाइते सैनिकहरुले गम्भीर चोटका कारण ज्यान गुमाएका बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी यो सङ्घर्ष भएको हो। चीनले भारतलाई तनाव बढ्ने गरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ । सन् १९७५ पछि भारत र चीनको बीचमा भएको सैन्य भिडन्तको यो नयाँ दृष्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार