काठमाडौं ,मलेसियामा समस्यामा परेका ११७ जना नेपाली काठमाडौं आइपुगेका छन् । मलेसियाबाट नेपाल आइपुग्नेमा १२ जना महिला र १०५ जना पुरुष रहेका छन् । उनीहरु हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत काठमाडौं आइपुगेका हुन् ।

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार नेपालीको स्वदेश फिर्तीका लागि थप ५ उडान हुने जनाइएको छ । थप ५ उडान जुन २० शनिबार नेपाल एअरलाइन्सले, जुन २१ गते आइतबार हिमालय एअरलाइन्सले, जुन २५ मा पनि हिमालय एअरलाइन्सले र जुन २६, २७ मा नेपाल एअरलाइन्सले नेपालीलाई स्वदेश ल्याउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार