काठमाडौँ। पाकिस्तानको राजधानी इस्लामावादमा हिन्दु धर्मावलम्बीहरुले भागवानका रुपमा पुज्दै आएका श्रीकृष्ण मन्दिरको निर्माण हुने भएको छ । १० करोडको लागतमा बन्न लागेको भगवान श्री कृष्णको मन्दिर पाकिस्तानमा पहिलोपटक हिन्दु मन्दिर बन्न लागेको हो । मन्दिर राजधानी इस्लामावादको एच–९ क्षेत्रमा २० हजार वर्ग फुटमा बन्न लागेको हो। मंगलबार मानव अधिकारका संसदीय सचिव लालचन्द मल्हीले सो मन्दिर निर्माणको हिन्दु संस्कारअनुसार शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मल्हीले इस्लामावाद र त्यसका आसपासका क्षेत्रका सन् १९४७ देखि नै थुप्रै हिन्दु मन्दिर रहे पनि प्रयोगमा नआएको बताए । संचार माध्यम डनका अनुसार पछिल्लो दुई दशक यता इस्लामावादमा हिन्दूको जनसंख्या वृद्धि भएसँगै मन्दिर निर्माणको तयारी गरिएको हो ।

यसैबीच इस्लामावादमा अल्पसंख्यक रहेका हिन्दुहरुको दाहसंस्कार कार्यमा समस्या भइरहेका बेला श्रीकृष्ण मन्दिर क्षेत्रमा पनि उक्त व्यवस्था गरिने सचिव लालचन्दले जानकारी दिए । धार्मिक मामिला मन्त्री पीर नूरुलहक कादरीलेका अनुसार मन्दिर निर्माणमा लाग्ने १० करोड लागत पाकिस्तान सरकारले व्यहोर्ने छ ।

इस्लामावाद हिन्दू समाजले मन्दिरको परिसरमा दाहसंस्कार गर्ने ठाउँ तथा अन्य धार्मिक संस्कारका लागि बिभिन्न संरचनाहरू समेत बनाइने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार