हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सिमा क्षेत्रमा भारतीय रुपैया सहित एक महिला गिरफ्तार

कमला भट्टराई: झापा, १३असार। नेपाल भारत सीमा क्षेत्रमा मोरंग प्रहरीले बिराटनगर रानीबाट दुई लाख भारतीय रुपैया सहित एक महिलालाई गिरफ्तार गरेको छ।

Advertisement

उक्त भारतीय रुपैयाको साथ गिरफ्तार महिलाको पहिचान बिराटनगर महानगर पालिका बर्डा नम्बर१७, कि कोरेसा खातुन बताइएको छ।

Advertisement

मोरंग प्रहरीका अनुसार बिराटनगर बर्डा नम्बर १५ मा उक्त महिलालाई शंकाको आधारमा चेक जाँच गरिएको थियो। जसमा महिलाको साथबाट सीमा प्रहरीले ५०० रुपैयाको ४०० थानको गड्डी बरामद गरेको छ। स्मरणीय रहोस नेपालमा ५०० र१००० दरको भारतीय रुपैयाको कारोवारमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ।

गिरफ्तार महिलालाई हिरासतमा लिएर इलाका प्रहरी कार्यालय रानीले पुछताछ गरिरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)