साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता – “तिमीले के पायौ “

नेपाल आमालाई धुरु(धुरु रुवायौ
लोकतन्त्रको नाममा लूटतन्त्र भित्रायौ
गणतन्त्रको सपनामा न्ग्ल्तन्त्रमै रमायौ
हे नेपाली तिमी के नै पायौ ?

Advertisement

शान्तिको नाममा राजनीतिलाई नै अपराधिकरण गरायौ,
समानताका नाममा साम्प्रदायिकता अपनायौ,
संघीयताको नाममा भ्रष्ट विखण्डनवाद जन्मायौ,
स्व(शासनकै नाममा वाद(वादी र कु(शासन फस्टायौ,
हे नेपाली तिमी के नै पायौ?

Advertisement

स्थायीत्वको नाममा २र३ जनमत दियौ,
त्यही २र३ जनमतले बितण्डामच्चायौ,
तथाकथित प्रतिपक्षी कमिसनमै रमायौ,
असना(पसना, ऐल्चा(बेल्चा सबै उखान(टक्काले नै उडायौ,
हे नेपाली तिमी के नै पायौ ?

स्वाधीनताको नाममा पराधीन बनायौ,
आत्मनिर्भरताको उल्टो विदेशी बजारको लत लगायौ,
सार्वभौमसत्तालाई पद(पैसा(पहुँच सँग साट्यौ,
भोकभोकै जनता मारेर आफू पाँचतारे धाउने नेता जन्मायौ,
हे नेपाली तिमी के नै पायौ ?

चीनले अमेरिका धम्काउन कोरोना बनायो ?

त्यही कोरोनाले पुरा दुनियाँ हल्लायो,
मानव सभ्यतालाई नै खलबलायो,
दुनियाँलाई थुनी कोरना विश्व भ्रमणमा रमायो,
हे नेपाली तिमी के नै पायौ ?

भूमि बिनाको संविधान बनायौ,
न्वारानदेखि आर्यघाटसम्मको यात्रा विवरण लेख्यौ,
जात्रै(जात्रा काण्डै काण्डको शासन ब्यवस्था बनायौ,
१० अर्व खर्चेर कोरोनाको औषधि हाँछ्यु -साँछ्युँ-तातो पानी-बेसार पत्ता लगायौ,
हे नेपाली तिमी के नै पायौ ?

यहाँ वास्तविकता बुझ्ने र सार्थक सोंच्ने फुर्सत कसलाई छ भएर ?
यहाँ त विरोधका लागि विरोध गर्ने र उखान(टुक्कामा रमाउने धेरै?

यहाँ त जुनुनी यतिसम्म भएकी राष्ट्रघातलाई नि राष्ट्रवाद देख्न थाले ?
यहाँ त देश(बेचुवाहरु राष्ट्रवादी भए राष्ट्र बचाउनेहरु राष्ट्रघाती ?
यहाँ त जनमत र जनतन्त्रको दिनहाडै बलात्कार गर्ने र सहि बस्ने धेरै भए ? हे नेपाली तिमी के नै पायौ ?

वर्षै पिच्छे सहिदको सुची बढायौ,
जनता झुक्याई नाता(गोता मोटायौ,
एक राजा फालेर लाखौं राजा भित्रायौ,
जनताको शासनका नाममा विदेशीलाई सिंहासन दिलायौ,
हे नेपाली तिमी के नै पायौ रु

 

– डा. मनोज मुक्ति  “विवेक  “जनकपुरधाम, हालस्काठमाण्डौ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article