हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना र सलह दुवै भारतबाट नेपाल प्रवेश

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको व्ुहान सहर हो । वुहानबाटै संसारभर कोरोना संक्रमण फैलिएको हो । नेपालमा पनि माघ ९ गते वुहानबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । तर, उनको भाइरस उपचारपछि ठीक भयो । त्यसपछि फ्रान्सबाट आएकी एक युवतीमा कोरोना देखियो । उनीबाट कसैलाई कोरोना संक्रमण फैलिन पाएन ।

Advertisement

नेपालमा कोरोना संक्रमणको विस्तार र फैलावट भारतबाट आएका नेपालीमार्फत भएको हो । त्यसैले नेपालमा कोरोना भारतबाटै भित्रिएको बताइन्छ । प्रधानमन्त्री केपी ओलीले समेत नेपालमा कोरोना भारतबाट भित्रिएको बताइसकेका छन् । विदेशबाट आएका नेपालीबाट समुदायस्तरमा कोरोना विस्तार हुन पाएन । तर, भारतबाट फर्केका लाखौं नेपालीबाट कोेरोना समुदायस्तरमै फैलिसकेको छ । यो दर अहिले तीव्र रूपमा बढिरहेको छ । नेपालका ७७ वटै जिल्लामा संक्रमण विस्तार भएको छ ।

Advertisement

कोरोना महामारी मात्रै होइन, नेपालमा सलह फट्यांग्राको महामारी पनि भारतबाटै प्रवेश गरेको छ । शनिबारदेखि भारतबाट नोपलमा सलह कीरा प्रवेश गरिसकेको छ । नेपालका एक दर्जन बढी जिल्लामा लाखौंका सलह झुन्ड उडेको तस्बिर र भिडियो सार्वजनिक भइसकेको छ । सलहले बोटविरुवा र बालीलाई खाएर सखाप पार्छ । जहाँ जहाँ सलह कीराको प्रकोप देखिएको छ, त्यहाँ त्यहाँ भोकमरी लाग्ने अवस्था आएको देखिन्छ । नेपालमा पनि कोरोना र सलह दुवै महामारीका रूपमा प्रवेश गरेका छन्, जसले नेपाललाई खर्बौंंंको क्षति हुने देखिन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)