हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वामदेव गौतमको नयाँ प्रस्ताव : नेपाल भारत दशगजाको दुवैतर्फ पाँच मिटर अग्ला पर्खाल लगाउनुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) स्थायी कमिटीको बैठकमा उपाध्यक्ष क।वामदेव गौतमले नेपाल भारत दशगजा दुवैतर्फ पाँच मिटर अग्लो पर्खाल लगाउनुपर्ने बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

Advertisement

उनले दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध भन्दा पनि सवै समस्या शान्तिवार्तावाटै समाधान गर्नुपर्ने बताए । यस्ता छन् गौतमले राखेका भनाइ बुँदागत रूपमा :

Advertisement

१. पार्टीको निर्णय र सर्वदलीय सहमतिमा भारतद्वारा अतिक्रमित नेपाली भूमी कालापानी लिपुलेक र लिम्पिया धुरा समेत समेटिएको नेपालको नयां नक्सा जारी गरी संघीय संसदका दुवै सदनवाट सर्वसम्मतिमा पारित गरेर सार्वजनिक गरेकोमां नेपाल सरकार , सवै राजनितिक पार्ट दुवै सदन,र संपूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद । वधाई र आभार प्रकट गर्छु।
२. सिंगो राष्ट्रलाई एकतावद्धगरि अतिक्रमित भूमिसहितको नेपालको नयां नक्सा जारीगरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएकोछ। भारतीय सेनाा नेपालीभूमिवाट हट्दासाथ हामीले१००प्रतिशत विजय हासिल गर्नेछौं।
३. यसै सनदर्भमा गरिएको महाकालीनदीको एकिकृत विकास संवन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकों ह्वीप उल्लंघन गरेको आरोपमॉ म सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीवाट अन्यायपूर्वक निष्कासन गरिएको थियो। पार्टी विरोधी भनेर हामीलाई लगाइएको आरोप सहीत पार्टी वाट निश्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस।
४. अव ढिला नगरि नेपाल भारत विच रहेको खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागुगर्नु पर्छ। प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्छ। सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ।
६. हाम्रा दुवै छिमेकी राष्ट्र संग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न सकिन्न। सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नु पर्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)