हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

डा. लोहनीद्वारा केपी ओलीले नेपाली जनताको अपमान गरेको आरोप

डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीले आफू बाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको बताएका छन् ।राप्रपा अध्यक्ष लोहनीले सोमबार सामजिक संजालमा सन्देश जारी गर्दै प्रधानमन्त्रीलाई चार बुँदे सुझाव समेत दिएका छन् :

Advertisement

यस्तो छ उनको सुझावसम्माननीय प्रधानमन्त्रीजी

Advertisement

१. विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरे बापत तपाईलाई हटाउन प्रयास हुँदैछ भन्ने तपाईँको आरोप पढियो ।

२. तपाईँको विश्लेषण गलत छ किनभने तपाईलाई हटाउन तपाई आफै कसिएर लाग्नु भएको छ एक पटक शान्त भएर आफूले आफूलाई हेर्नुहोस् थाहा पाउनु हुनेछ ।

३. ठीक कुरामा जनता र दलहरुले तपाईँलाई सधै साथ दिएका छन् । तपाईँले भद्र भलादमी प्रतिपक्ष पाउनु भएको छ जो तपाईको हत्तपत्ति विरोध गर्दैनन् । नयाँ नक्साको बारेमा तपाईको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईलाई साथ दिएका छन । विचार गर्नुहोस् कुनै विदेशीको मुख हेरेको भए यो एकता संभव हुने थिएन र संसदबाट सिमाना सम्बन्धि प्रस्ताब निर्विरोध पारित हुने थिएन । यो देख्दा देख्दै अरुलाई विदेशीबाट संचालित भन्नु तपाई बाहेक अरु कोही नेपालमा देशभक्त छैनन् भन्नु हो । यो भनाइले तपाई सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ । आफु बाहेक अरु सबैलाई विदेशीबाट संचालित छन् भन्ने दृष्टीकोण तपाईको कमजोर र हतास मनस्थितिको परिचायक हो ।

४. तपाईको विरोध तपाईको श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी सँस्कार, भ्रस्टाचारलाई राजनीतिको प्रमुख अंग संझने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न छुट दिने तपाईको नवसामन्ती प्रवृत्तिको कारणले हो । प्रजातन्त्र को नाममा आजको नयाँ पिढीले तपाईको भारदारी शासन स्वीकार गर्दैनन् । यदि म गल्ती हुँ भने तपाईँले ओम्नी काण्ड, यती जग्गा काण्ड, वाइड बडी जहाज कमीसन काण्ड, न्यारो बडी हवाईजहाज काण्ड, सुन काण्ड, एनसेल काण्ड जस्ता अनैको विवादको न्यायिक छानविन गर्ने घोषना गर्नुहोस् । साथै सबै दलका नेताहरुको सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने हिम्मत गर्नुहोस् । तर यो दुइ बर्षमा सबैले देखिसके तपाई यो नवसामन्तवादमाअडेको ‘नौलो बहुदलीय भारदारी जनबाद’ अन्त गर्ने नैतिक हिम्मत तपाईमा छैन । त्यसैकारण तपाईका शुभचिन्तकहरु पनि तपाईबाट देश चल्दैन भन्ने निचोडमा पुगेका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)