हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा असार १० को अति महत्त्वपूर्ण सूचना किन ? असार १५ मा प्रकाशित ??

हल्दिवारी गाउँपालिकाको सभा सकिएको पाँचौं दिनमा सभा स्थगित भएको सूचना प्रकाशित गरिएको छ ।गाउँसभामा विवाद भएपछि अध्यक्ष रविन्द्र लिङ्दनेले सभा बहिस्कार गरेका थिए भने उपाध्यक्ष डम्बर गिरीको सभाध्यक्षमा सभा सम्पन्न गरिएको थियो ।

Advertisement

असार १० गतेको सभाप्रति वैधानिकताको प्रश्न उठाउदै आएका अध्यक्ष लिङ्देनले आज  (सोमवार ) साँझ १० गतेकै मिति लेखेर सूचना टाँस गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।

Advertisement

हल्दिवारी गाउँपालिकाको सूचना बोडमा असार ९ ,१०,११,१२,१३,१४ गते  कुनै नयाँ सूचना नभएकोमा आज असार १५ गते सोमबार असार १० कै मिति राखी सार्वजनिक सूचना प्रकाशित भएको छ।

विवादपछि उपाध्यक्ष गिरीले गाउँसभा सञ्चालन कार्यविधि बमोजिम सभा सञ्चालन गरेका थिए । अध्यक्ष लिङ्देनद्वारा हस्ताक्षरित सूचनामा गाउँसभा चलिरहेको बेला सभाका सदस्यहरुले पालना गर्नुपर्ने नियम एवम् आचरण पालना नभई अव्यवस्थित र अमर्यादित कार्यहरु भएकाले दफा १२ को बैठक स्थगित गर्ने अधिकार बमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको लेखिएको छ । उनले सो सूचना सूचना अधिकृतलाई सभाका सदस्यलाई जानकारी गराइदिन र पालिकाको वेभसाइटमा अपलोड गरिदिन बोदार्थ लेखेका छन् ।

साँझमा सूचना टाँसिएको खवरले वडाध्यक्षसहित कार्यपालिकाका सदस्यहरु अचम्मितमा परेको जानकारी दिएका छन् । सो सूचना हालसम्म गाउँपालिकाको वेभसाइटमा अपलोड समेत गरिएको छैन ।

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)