हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेकपा स्थायी कमिटी बैठक स्थगित्, भोलि ११ बजे बस्ने

काठमाडौं, १७ असार । सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको पाँचौं बैठक स्थगित् भएको छ । गत बुधबारदेखि सुरु भएको बैठकमा हिजोबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएसँगै विवाद उत्कर्षमा पुगेको छ । आज (बुधबार) को बेठकमा पाँच जना सदस्यहरुले धारणा राखेका थिए ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार स्थायी कमिटीको बैठक पाचौं दिन भिन्न कार्यसूचिमा नै केन्द्रित भई संचालन जारी रहेको जनाउँदै फेशबुकमा लेखेका छन्,’बैठकमा १. मदन जयन्तीका अवसरमा असार १४ गते सम्माननीय प्रधानमन्त्रीले राख्नुभएका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको र २. दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा(एमाले) को सम्बन्धमा छलफलमा सदस्यहरूले भाग लिनुभएको छ । यस विषयमा योगेश भट्टराई, लीलामणि पोखरेल,मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित सदस्य पेशलकुमार खतिवडा गरी ५ जनाले आआफ्ना धारणा राख्नुभएको छ । अर्को बैठक भोलि असार १८ गते ११ बजे पुनस् बस्ने भएको छ ।’

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)