कमला भट्टराई – झापा/बिश्व हिन्दु महासंघले प्रेस बिज्ञप्ति जारी गर्दै भनेको छ ‘हालै सञ्चार माध्यमबाट सार्वजनिक १२ र १३ वर्षिया दुई किशोरीहरू यौन दूव्र्यवहारको सिकार भएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्तो घटनामा विश्व हिन्दु महासंघ जस्तो पवित्र संस्थाको बद्नाम गरी जघन्य अपराध गर्ने अपराधिलाई हदैसम्मको सजाय होस् साथै पीडित बालिका तथा उनका परिवारका लागि पूर्णन्याय र संरक्षणका निम्ति सम्बन्धित निकाय समक्ष अनुरोध गर्दछु ।’महासंघ की महासचिब अस्मिता भणडारीब्दारा हस्ताक्षरित बिज्ञप्तिमा’स्व. राजा वीरेन्द्र विरविक्रम शाहदेव र राष्ट्रगुरु योगी नरहरीनाथको संकल्पबाट वि.सं. २०३७ सालमा संसारभरीका हिन्दू ॐकार परिवारका धर्मगुरुहरूको उपस्थितिमा विश्व हिन्दू सम्मेलन गरी २०४० सालमा दर्ता भएको विश्व हिन्दु महासंघ, जसको का.जि.प्र. नं. २५ र केन्द्रीय कार्यालय बाँसवारी रहेको छ । सम्पूर्ण ॐकार परिवारको आस्थाको छाता संगठनको रुपमा स्थापना गरिएको विश्व हिन्दु महासंघ हुँदाहुँदै तत्कालीन सरकारले २०६० सालपछि पुनः ‘विश्व हिन्दु महासंघ नै नाम र छाप’समेत एकै राखी संस्था स्थापना गर्न स्वीकृति दिएर विश्व हिन्दु महासंघ र सम्पूर्ण हिन्दूहरुलाई कमजोर बनाउने कार्य गरेको थियो ।
परिणामस्वरुप बेलाबखतमा यस्ता कठिनाइहरू भोग्दै आउनु परेको र सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा समेत भ्रम पैदा भएको तितो यथार्थलाई आत्मसात गर्दै स्पष्ट पार्न चाहन्छु भनिएको छ। बिज्ञप्तिमा अगाडि भनेको छ हालसम्म अर्जुन सिवाकोटी नाम गरेको व्यक्ति महासंघको कुनै संरचनामा कुनै पनि कालखण्डमा आवद्ध नरहेको ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारीका निम्ति अनुरोध गर्दछु र विश्व हिन्दू महासंघको बारेमा यस्ता भ्रम फैलाउनेलाई अथवा गलत कार्य गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारवाहीको माग गर्दै कुनै पनि किसिमको भ्रममा नपर्नको निम्ति सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरुमा विनम्र अनुरोधगररिएको उल्लेख छ l
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार