हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतमा एकैदिन थपिए २२ हजार बढी संक्रमित ,२४ घण्टामा ४७४ जनाको मृत्यु

 काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ । दिनानुदिन २० हजार बढी कोरोना संक्रमित थपिन थालेका छन् । मंगलबार बिहानसम्म वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा २४ घण्टामा थप ४७४ जनाको मृत्यु भएको छ भने २२ हजार ५१० जना नयाँ संक्रमित थपिएका छन् ।

Advertisement

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ७ लाख २० हजार ३४६ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।त्यस्तै भारतमा ४ लाख ४० हजार कोरोना संक्रमित भने निको भइसकेका छन् । विश्वभरमा सबैभन्दा बढी कोराना संक्रमित हुने देशमा भारत तेस्रो नम्बरमा परेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)