हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने समाजवादीको निर्णय

समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय रेको छ । पार्टी पदाधिकारीको मंगलबार बसेको बैठकले उनलाई दुवै पदबाट हटाउने निर्णय लिएको हो ।

Advertisement

गत जेठमा भएको संविधान संशोधनका बेला उनले पार्टी निर्णय विपरित संशोधन प्रस्ताव राखेकी थिइन्। साथै मतदानका बेला प्रतिनिधिसभा बैठक छाडेर हिँडेकी थिइन्। सो सम्बन्धमा उनलाई पार्टीले स्पष्टीकरण सोधेको थियो।

Advertisement

सो विषयमा छानबिन गर्नको लागि पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी सिफारिस गरेको थियो ।

कार्यदलको सिफारिसअनुसार पार्टी पदाधिकारीको बैठकले उनलाई दुवै पदबाट हटाउने निर्णय लिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)