ज्ञान मणि भुर्तेल बिर्तामोड ,झापा

ज्ञान मणि भुर्तेल – बिर्तामोड ,झापा  l  बिपि बाटिकाको काङ्ग्रेस पोखरी डिलमा टोलाई रहनु भएका उहाँ झसङ्ग हुनु भो ! पुलुक्क हेर्नू भो र मधुरो स्वरमा बोल्नु भो – के छ उत्तम ? आईज बस !!

छेउमा बस्यो उत्तम ! उत्तम रिक्सावाला ! मुल घर बिहार भएतापनी अहिले नेपाली नागरिक ! त्यो पनि बंशजको !! पेसाले रिक्साचालक भए पनि उहाँको प्रीयपात्र !!! बमबम चोकको रैथाने !!!! निकै अघि एक पटक मन्त्री हुनुभएकोले उत्तम जस्ताले मन्त्री मालिक भनेर गरेको सम्बोधन उहाँ लाई प्रीय लाग्छ !! यस्तो सम्बोधन गर्नेलाई विशेष महत्व पनि दिनु हुन्छ अरुलाई त्यो महत्त्व प्राप्त हुन्न !!

उहाँ – अर्थात हाम्रो डफेदार !!!
– मन्त्री मालिक ! निकै टेन्सनमा हेर्दैछु ! कि भएछ ? बंशज नेपाली नागरिक उत्तमले बंशज लजवमै जिज्ञासा राख्यो !!
उहाँ केही बोल्नु भएन ! टोलाई लाई नै निरंतरता दिनु भो !!
केही बेरमा पान चपाउदै चुना चाट्दै बाङ्गो बाङ्गो हिंड्दै आएको मनुष्य देखेर उत्तमले चाकडी बजायो – राम राम बिरजु महाराज !!

बिरजु साच्चै आफुलाई महाराज नै ठान्छ ! मन्त्री मालिकको सवारी मन्त्री जत्तिकै छ !! कतै जानुपर्दा मन्त्री मालिक भन्दा अघि नै फुत्त गाडी चढिहाल्ने उसको मन्त्री मालिक सग राम्रै साँठगाँठ छ ! प्रमुख सल्लाहकार नै भएको छ ! चाकडीबाज हरुले बिरजु महाराज भनेतापनी पुरानाले चै उसलाई लुर्कण्डे भन्छ्न !! जे जस्तो भएपनि मन्त्री मालिकको आशीर्वादका कारण लुर्कण्डेको बोलवाला छ !!

जय नेपाल दाई ! छेउमै बस्यो लुर्कण्डे !! चिन्ताको कारण सोध्यो ! प्रमुख सल्लाहकार लाई चिन्ताको कारण बताउनु भो – पोखरी कसरी कब्जा गर्ने ?

– चिन्ता नगर्नुस दाई ! म सबै ब्यबस्था मिलाउछु ! यसका लागि समाज र विभिन्न पार्टीका बौद्धिक ब्यक्ति समेटेर एउटा मजबुत टिम बनाउनु पर्छ ! त्यो जिम्मा मेरो भो !!

टिम निर्माणको टेण्डर पेस गर्‍यो र आफैं हात पार्यो लुर्कण्डेले !! बौद्धिक ब्यक्तिको खोजी सुरु भो ! उत्तम रिक्सावाला पनि काममा खटियो ! मेची क्याम्पसको पियन श्यामे भेटियो ! चुडामणि सरको हाजिर रजिस्टरमा रातो मसि लाएर चर्चित भएको उसलाई सबैले फुर्क्याएर ” श्याम सर ” भन्देकाले उ आफुलाई प्रोफेसर नै ठान्थ्यो !! श्याम सरले अस्पतालको पियन बौवालाई सामेल गरायो ! बौवा स्वघोशीत डाक्टर !!! अर्को बौद्धिक भेटियो – घर बनाउने मिस्त्री गनेसिया !! किशोर कुमारको स्वर निकालेर गित गाई टोपल्ने बमबम चोकको गनेसिया कलाकार सगसगै ईन्जिनियर पनि भैगो !!
प्रौढ समुदाय बाट राधे बूढो र मोतियाको बाउको प्रतिनिधित्व भो !!

अर्को बौद्धिक ब्यापारी थपियो बशन्ती चियावाला !! चिया बगानको पाले लोकनाथ समेत थपिएपछी वरिष्ठ उद्योगपतिको पनि पदपूर्ति भो !! राम टहल पनि जुँघामा ताउ लाउदै सामेल हुन आईपुग्यो !! उसले यो टिममा वरिष्ठ पत्रकार पनि भएमा टिम दरो हुने जिकिर गर्दै हिजोआज दैनिकको कम्पोजिटर गोकुलको नाम प्रस्ताव गर्‍यो ! राम टहलको प्रस्ताव पारित भो !!बौद्धिक समुहको खोजी पछि बमबम चोकको नरहरी रिसोर्टमा समुहको गोप्य बैठक बस्यो ! एजेन्डा थियो – पोखरी कब्जा !!

मत जाहेर गर्ने क्रममा उत्तम रिक्सावाला बोल्यो – पोखडी कब्जाको लागि पुर्ना कङग्रेस जो छ उस्को ठिकान लगानु पर्छ पैला ! पुर्ना कङग्रेस खाली बिपि बिपि चिल्लाउन्छ ! मरेको मान्छिको नाम चिल्लाएर कि पाउन्छ ?
हो त ! प्रोफेसर श्यामले थप्यो – मरेको बिपि चै आर्यघाटमा लगेर पोल्ने अनि त्यै बिपिको नाम जपेर कति दिन बस्नु हौ हामी ? बौवा डाक्टरले पनि उत्तमको कुरामा सहमति जनायो !!

बौद्धिकताको खानी वरिष्ठ पत्रकार गोकुलले प्रस्ताव ल्यायो – पुराना काङ्ग्रेस ठेगान लाउन हाम्रो समुह पनि काङ्ग्रेस हुनुपर्छ र बहुमतले उनिहरुलाई पेल्नु पर्छ !! हामी पनि त्यहाँ भित्र छिर्नु पर्छ !!गोकुल मालिकको बात सोले आना ठिक ! ईन्जिनियर गनेसियाले सहि थाप्यो – पुर्ना कङग्रेस पोखडी से खेदाएपछी उस्मे मट्टी पुरेर पल्टिङ्ग करेर बिक्रि करके पैसा कमानु पर्छ !! हामी त पैसा कमाने खातिर कङग्रेस भएछ ! ठोडै सेवा कर्छ मुफ्तमे ? सेवाको ठिक्का त पुर्ना कङग्रेस लिएछ !!!

ईन्जिनियर गनेसियाको पोखरी प्लटिङ्ग गरेर बेच्ने योजनाको समर्थन गर्दै उधोगपती लोकनाथले थप्नु भो – ईन्जिनियर साहवको कुरो मनासिब हो ! अबको काङ्ग्रेस पुरानो ढर्रा बाट चल्दैन ! औद्योगिकरणको युग छ ! अब काङ्ग्रेसलाई औद्योगिकरण गर्नु पर्छ ! पहिले मैदान साफ गरौं ! प्लटिङ्ग गरौंला गाँठवाला खोजेर बेचौला ! त्यही भब्य सपिङ्ग मल खोल्दा पनि भो बिपिकै नाममा !! जसरी पनि कमाउनु त हो नि !! बिपिको नाममा !!!

बौद्धिक ब्यक्तित्व राम टहलले संका ब्यक्त गर्‍यो – त्यस्तो गर्नु ठिक लाग्छ बिरजु महाराज ? बिपिको नाम से खिलवाड हुन्न ? तेस्तो कर्दा ? सबैले बिरजु महाराज तिर हेरे ! उ चुना चाट्नमै ब्यस्त थियो !! बसन्ती चियावाला बम्क्यो – कसरी खिलवाड हुन्छ रे ? बिपिको बेटाहरु पल्टिङ्ग गरेर बेचेछ कोइराला निवास !! बिलाठनगरमे !! खिलवाड त उनिहरु करेछ आफ्नो बाउको नाम उपर ! हामी कौन सा पोखडी बचाउने कङग्रेस छ ? हामी त कमाउन आएछ , कङग्रेस भएछ ! रहस्यमय स्वरमा फुस्फुसायो बसन्ती – सुनेछु ! मन्त्री मालिक भि बामी थियो पहिले ! पछि कङग्रेस भएछ ! खुब माल कमाएछ ! अब तो बड्का कङग्रेस !!!

बसन्तिले धोती खुस्काउला भन्ने त्रासले वरिष्ठ उधोगपती लोकनाथ को प्रस्ताव पारित गर्दै काङ्ग्रेस प्रवेसको तयारीमा लाग्न निर्देशन दिदै बिरजु महाराजले बैठक टुङ्यायो !! कार्यक्रम जाहेर भो ! यस्तो बौद्धिक समुहको काङ्ग्रेस प्रवेस बाट आफ्नो टिम मजबुत हुने कल्पनाले मन्त्री मालिक पनि दङ्ग पर्नु भो !!

बारिको डिलमा पण्डाल खडा गरियो ! पार्टी प्रवेस भनिएता पनि कार्यक्रम पार्टी अफिसमा राखिएन ! आफ्नै करेसाबारी रोजियो ! पार्टीको कार्यक्रम पार्टी अफिसमा गर्नुपर्छ ! हामी करेसाबारि बाट पार्टी प्रवेस गर्दैनौ भन्ने साहस प्रवेसी बौद्धिक समुह मध्ये कसैले पनि गर्न सकेनन ! त्यति भन्ने बौद्धिकता उनिहरुमा पलाएन पनि !!

सबैलाई स्वागत गर्दै डफेदार बोल्नु भो – आजको यस कार्यक्रममा यो बौद्धिक समूह देखेर म अत्यन्तै भावविहल भएको छु ! काङ्ग्रेसमा तपाईंहरु जस्तै बौद्धिक ब्यक्तित्वको खाचो छ र मेरो प्रयत्न पनि यस्तै बौद्धिकताकै खोजीमा केन्द्रित रहनेछ !! बिपिको सपना पनि यहि हो ! उहाँले ब्यक्तिगत रूपमा बारम्बार यहि भन्नू हुन्थ्यो मलाई ! अहिले पनि सपनामा आएर घच्घच्याईरहनु हुन्छ !!! अबको काङ्ग्रेस तपाईंहरु जस्तै बौद्धिक डाक्टर ईन्जिनियर पत्रकार उद्योगपति बाट चल्नुपर्छ !! पुराना पिलल्धरे बाट अब पार्टी चल्दैन !!

सबैलाई अबिर लाईदिनु भो ! पार्टी अफिसमा भए पार्टीको सदस्यता दिईन्थ्यो ! आफ्नै करेसाबारिको कार्यक्रम भएकोले चिनो स्वरुप आफ्नै बारिको उत्पादन एक एक वटा घिरौला बाँडनु भो ! उहाँको उदारता र आत्मीयता देखेर बौद्धिक समुहका आँखा रसाए ! सबैले मनमनै पुकारा गरे – मन्त्री मलिकको जय होस !!मन्त्री मालिकले आफुलाई साथ दिन आग्रह गर्दै नारा लाउनु भो – जय नेपाल !!!बौद्धिक समुहको आवाजले पुरै कोठेबारी हल्लियो – जै नेपाल !!!!!

यो कोठेबारी काङ्ग्रेस खेतिका बारेमा –
जेल नेल खटेका , काङ्ग्रेस बचाउन ज्यान अर्पेर लागि परेका , काङ्ग्रेस चर्किदा आफ्नो छाती चर्केको महसुस गर्ने अनि पार्टी संकटमा पर्दा अहिले पनि अग्रपंतिमा बुर्कुसी मार्न तयार पिलन्धरे ” पुर्ना कङग्रेस ” को प्रतिक्रिया चै के छ कुन्नी ????

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार