स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं : विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर(१९ मिलन चोककी ४४ वर्षीया महिला रहेकी छिन् ।

Advertisement

उनको बिहिबार विराटनगरको कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि कोशी अस्पताल भर्ना भएकी महिलाको अवस्था गम्भिर भएपछि कोभिड-१९ उपचार केन्द्रमा लगिएको थियो ।

Advertisement

उनको कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा बिहिबार मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article