साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल :खराव नेता अगाल्ने नि जनता यीनै हुन् ?

कृष्ण

एउटा राजा फाल्ने पनि जनता यीनै हुन्
हजार राजा पाल्ने पनि जनता यिनै हुन्

Advertisement

पार्टी पार्टी पार्टी भन्दै पार्टी जीताउन
निस्वार्थ भोट हाल्ने पनि जनता यीनै हुन्

Advertisement

आज राम्रो गरे भोली जनता साथ होलान्
नगरेमा सत्ता ढाल्ने पनि जनता यीनै हुन्

शिद्धान्तको कुरै छोड्म् पार्टी प्रवेश लर्को
पैसा पाए चाल्ने पनि जनता यीनै हुन्

आफु भोकै होस कि छानो चुईने होस
खराव नेता अगाल्ने नि जनता यीनै हुन्

हेक्का रहेश नेताहरू जनता जागे भने
ब्यबस्थालाई ढाल्ने पनि जनता यीनै हुन्

मदन , वि पी र पुष्पलाल बन्न सक्यो भने
तिम्रो सुख दुःख टाल्ने पनि जनता यीनै हुन्

कृष्ण जी
बिर्तामोड – १०

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article