कमला भट्टराई भद्रपुर। शुक्रवार नेकपाको स्थाई समितिले विवादित MCC सम्झौता संशोधन सहित पास गर्ने निर्णय गर्न वितिक्कै उक्त सम्झौताका विरुद्धमा रहेका एवं चरणबद्ध आन्दोलन गर्दै आईरहेका डा. मनोज मुक्ति “विवेक” फेरि तात्तिएका छन् , जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय जनतान्त्रिक गठबन्धन तथा राष्ट्रबचाउअभियान का राष्ट्रिय संयोजक डा. मुक्ति देशैभरी आन्दोलनको आँधीबेरी ल्याउने र जनता कै बलमा उक्त सम्झौता खारेज गराउने भन्दैछन् l

उनको भनाई अनुसार देश र जनताले खारेज गरिसकेको सम्झौता पुनः ब्युँताउनु राष्ट्रघात हो जसको जवाफ जनताले अवश्य नै दिनेछ, सरकार तत्काल गम्भीर नभए यो सम्झौता अनुमोदन कै कारण अहिलेको ब्यवस्था र संविधानका लागि प्रत्युत्पादक हुने निश्चित छ, हामी कुनैपनी बहानामा नेपाललाई युद्ध मैदान बन्न दिंदैनौ, कुनैपनी हालतमा अन्तर्राष्ट्रिय कृडा-स्थल बन्नबाट र सैन्य एवं सामरिक गतिविधि रोक्छौं ।

डा. मनोज मुक्ति ले आन्दोलनका लागि आवहन गर्दै यसो भने, “MCC संशोधन सहित पारित गर्ने नेकपाको निर्णय” कार्यकर्तालाई भेंडा र जनतालाई बेबकुफ बनाउने योजना मात्र हो ! MCC ले भनिसक्यो कि उसको तर्फबाट कमा (Comma) पनि संशोधन हुँदैन र नेपालले गर्न खोजेको संशोधन अमान्य छ !

शब्दजालमा अल्झिने र बल्झिने कार्य नगरौँ , नेपाललाई युद्ध मैदान बनाउने दुसप्रयासका विरुद्ध स-सक्त प्रतिवाद – प्रतिकारका लागि एकजुट हौं ! MCC को बिरुद्ध देशैभरी स-सक्त आन्दोलनका लागि “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” का सम्पूर्ण गठक दल/संगठन/नेता-कार्यकर्ता पंक्ति र राष्ट्रबचाउअभियान मा आवद्ध सम्पूर्ण राष्ट्रभक्त/राष्ट्रवादी शक्तिलाई तैयार रहन आवहान गर्दछौं !

अब देश बचाउने जिम्मा आम मुक्ति कामी जनताको काँधमा आई परेको छ । भ्रष्ट, निकम्मा, देश-बेचुवा धर्म-निरपेक्ष गणतन्त्र मुर्दावाद !!

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार