हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा कावेली सिमेन्ट उद्योगले अत्याधुनिक प्रबिधिबाट सिमेन्ट उत्पादन शुरु गर्‍यो .

हल्दिवारी – झापाको हल्दिवारी गाउँपालिकामा स्थापना भएको कावेली सिमेन्ट उधोग प्रा. लिले उत्पादन शुरु गरेको उद्योगका मेनेजिङ्ग डाइरेक्टर सुमन मैनालीले बताए ।

Advertisement

अत्याधुनिक जर्मनी प्रविधि बाट संचालित सिमेन्ट उधोग ( close cerkit ) बाताबरण मैती भएको र पुर्वमै पहिलो पल्ट संचालन गरिएको हो । हल्दिवारी ३ देवि बस्तीमा संचालनमा आएको उक्त सिमेन्ट उधोगले सौर्य ओ. पि .सि . तथा पि.पि सि . , योद्धा ओ.पि सि , हल्दिवारी पि.पि .सि , फेवा पि.पि .सि तथा बि एण्ड बि पि.पि .सि ब्रान्डमा सिमेन्ट उत्पादन गरि बजारमा ल्याएको छ ।

Advertisement

हल्दिवारी गाउँपालिकामै निजी क्षेत्रबाट संचालित उधोगहरुमा सबैभन्दा ठुलो लागतमा स्थापना भएर आफ्नो उत्पादन समेत शुरु गरेको उधोगबाट प्रत्यक्ष-अप्रत्यक्ष ३ सयजनाले रोजगारी पाउने युवा उधोगीहरु बताउछ्न ।

झापाका युवा व्यवसायीहरु सुमन मैनाली ,देवि प्रसाद मैनाली ,अर्जुन मैनाली ,गोपाल मैनाली लगायतको करिब ६० करोड लगानी रहेको समेत कावेली सिमेन्टका मेनेजिङ्ग डाइरेक्टर सुमन मैनालीले बताए ।

उक्त सिमेन्ट उद्योगबाट दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ प्रदेश नम्बर १ र २ लाई सिमेन्ट उद्योगले आफ्नो बजार बिस्तार गर्ने जनाएको छ ।

बैशाखबाट नै संचालन गर्ने लक्ष्य लिएर शुरु गरिएता पनि कोरोना महामारीका कारण उधोग संचालन गर्न ३ महिना ढिला भएको जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)