हिन्दी सिनेमा उद्योग बलिउडमा २ वर्ष अगाडि मिटू अभियानले राम्रै बस सिर्जना गरिदिएको थियो । मिटू मुभमेन्टमा धेरै बलिउड कलाकारको नाम जोडिएको थियो । यसैक्रममा बलिउडका एक अर्का निर्देशकमाथि यौन शोषणको आरोप लागेको छ । हाउसफुलका निर्माता तथा निर्देशक साजिद खानमाथि एक अभिनेत्रीले यौन शोषणको आरोप लगाएकी छन् ।

पाउला नाम गरेकी एक मोडलले साजिदमाथि यौन शोषण गरेको आरोप लगाएकी हुन् । उनले इन्स्टाग्राममा एक सन्देश जारी गर्दै आफूमाथि साजिदले यौन शोषण गर्ने गरेको बताएकी छन् । ‘जब बलिउडमा मिटु मुभमेन्ट सुरु भएको थियो, त्यसबेला धेरैले साजिद खानको नाम लिएका थिए तर मैले हिम्मत गर्न सकिनँ,’ पाउलाले आफ्नो इन्स्टाग्रामको सन्देशमा भनेकी छन्, ‘सबैसँग फिल्म इन्डस्ट्रीमा गडफादर हुँदैन र परिवारका लागि कमाउनु पर्ने हुन्छ । यसैले कतिपय अवस्थामा चुप बस्नु पर्ने हुन्छ । अब मेरो परिवार मेरो साथमा छैनन्, म आफूलाई मात्र कमाइरहेकी छु र अब म हिम्मत गर्न सक्छु कि साजिद खानले मलाई १७ वर्षको उमेरमा ह्यारेसमेन्ट गरेका थिए । उनले मलाई नराम्रो शब्द बोल्दै छुन खोजेका थिए ।’

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म ‘हाउसफुल’ मा एक रोल दिनका लागि पाउलाले साजिदसँग अनुरोध गरेकी थिइन् । तर, साजिदले कपडा फुकालेर आफुसँग सुत्न भनेको उनले आरोप लगाएकी छन् ।‘भगवान नै जान्दछन् कि उनले कति युवतीसँग यस्ता हर्कत गरे । म कुनै प्रकारको दया भावनाका लागि अगाडि आएको होइन, यो यसकारण गरेको हुँ कि मलाई यसले नराम्रोसँग असर पार्‍यो । म त्यसबेला सानै थिएँ र बोल्न सकिनँ । तर, यो सही समय हो,’ पाउलाले भनेकी छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार