नेपाल सरकारले कोरोना महामारीलाई मध्य नजर गर्दै कोरोना प्रवाहित क्षेत्रका सबै स्थानीय तहलाई आइसोलेसन वाड तयार गर्न निर्देशन दिएको ३ महिना बितिसक्दा पनि हल्दिवारीमा भने आलटालमै समय बिताईएको स्वास्थ्य जानकारहरु बताउछ्न ।नेपाल सरकारले आईसोलेसनलाई भन्दै १० लाख उपलब्ध गराएको भएता पनि त्यो रकम के मा खर्च गर्ने र आईसोलेसन काहा बनाउने भन्ने बिषयमा अहिले सम्म कुनै निक्र्योल नभएको एक वडा अध्यक्षले बताए ।गाउँकार्यपालिकाको भदौ ५ गते बसेको बैंककले अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको संयोजकत्वमा आईसोलेसन तयार गर्न कार्यदल बनाएपनि कुनै छलफल समेत नभएको कार्यदलकै सदस्यहरु बताउछ्न ।झापाका अधिकाम्स स्थानीय तहमा आईसोलेसन तयार गरि कोरोना संक्रमितलाई स्थानीय तहमै उपचार गराईरहेको अवस्थामा भने हल्दिवारी मुकदर्सक बनेर रमिता हेरेको देखिन्छ ।कोरोना महामारी कै रूपमा बड्दै गएको यो अबस्थामा जनताको स्वास्थ जस्तो गम्भीर बिषयलाई मजाकको रूपमा नलिन स्थानीय तह र जिम्मेवार व्यक्ति निकाय लागि पर्ने कि ?
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1