साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता : दयानन्द गोस्वामी को “जीन्दगी”

चक्रव्यूही पर्वतको त्यो गाउँमा
सघन कालो बादलको छायामा,

Advertisement

विरान मा मृत्यु लाई हुँकार गर्दै
पथ बनाउँदै गरेको यो जीन्दगी,

Advertisement

सुदुर छन मेरा सारा कल्पनाहरु
निकट हुँदैछ क्षणभंगुर जीन्दगी,

जुन जब आकाशमा तैरी रहन्छ
अधिष्ठाता संग गरी रह्यो बन्दगी,

भ्रम हैन यो जीर्ण जंजीर नै हो
निर्जीव कला तस्वीर पनि त हो,

प्राण रहीत लान्छन नै अर्थी मा
मुस्कान भरीएको मेरो जीन्दगी,

सपना मा उ संग सम्बन्ध थियो
समय को गति तब मन्द थियो,

आज जब प्रत्यक्षीकरण भैरहँदा
सत्य निकट आउँछ यो जीन्दगी,

तिमी अंधकार लाई जुन मान्दछौ
अनी होलीका लाई दीपमालिका,

तर, यहाँ नवयूगको प्रस्फुटन हुँदै
जगमगाई रहेछ सम्पूर्ण जीन्दगी,

आज न आशा छ न त विश्वास नै
धरती मात्र हैन आकाश माथी नि,

तरंगित हुन्छ जब माधुर्य संगीत
गुनगुनाई रहेछ यही यो जीन्दगी,

चक्रव्यूही पर्वत को त्यो गाउँमा
सघन कालो बादलको छायामा,

विरान मा मृत्यु लाई हुँकार गर्दै
पथ बनाउँदै गरेको यो जीन्दगी।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article