हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेपाल दर्शन २०२० फोटो पुस्तक सार्वजनिक हुँदै, बुकिङ्ग गर्नेलाई विशेष छुट

काठमाडौं । सम्पूर्ण फोटो पत्रकारहरुको साझा संस्था ९जुन २०५३ साल देखी लगातार संघर्ष गरिरहेको संस्था० राष्ट्रिय फोटो पत्रकार समूहले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउँन नेपालको पूर्व मेचि देखी पश्चिम महाकाली सम्मको सातै प्रदेशको पर्यटकिय र साँस्कृतिक ठाउँहरुको फोटोहरु संकलन गरेर भिजिट नेपाल २०२० सचिवालयको सहयकार्य, काठमाडौं महानगरपालिका, सिटि एक्सप्रेस, नेपाल लाईफ र सिजन मिडियाको को सहयोगमा नेपाल दर्शन २०२० फोटो पुस्तक अंग्रेजी वर्ष २०२० को शुभआरम्भसंगै सार्वजनिक गर्ने भएको छ ।

Advertisement

यहि २०७६ साल पौष १६ गते दशरथ रंगशालामा हुने वृहत नेपाल भ्रमण वर्षको उदघाटन समारोहमा उक्त पुस्तक सार्वजनि गर्न लागिएको हो ।

Advertisement

एनएफपिजे नेपालले प्रकाशनमा ल्याएको नेपाल दर्शन पुस्तक अग्रिम बुकिङ्ग गर्ने महानुभावहरुको लागि विशेष सहुलियतको व्यवस्था गरिएको छ । पौष १६ गते भन्दा अगाडीनै बुकिङ्ग गर्ने संघ संस्था व्यक्तिहरुको लागि विशेष छुटको व्यवस्था गरिएको जानकारी प्राप्त भएको छ ।

बुकिङ्ग गर्नको लागि nfpjnepal2053@gmail.com मा समपर्क गर्न सकिने छ ।

Contact no: 9851044835, 9841895811, 9841851925

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)