खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

पन्चायत माविले चुम्यो  वडा नम्बर ३ प्रावी स्तरीय खेलकुद प्रतियोगिता 

हल्दिवारी गाउँपालिका  वडा नम्बर ३ मा अन्तर प्रावी स्तरीय खेलकुद प्रतियोगिता पन्चायत माविको खेलमैदान  सम्पन्न भएको छ ।

Advertisement
गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरिको विशेष आतिथ्यमा भएको उद्घाटन कार्यक्रमको सभापतित्वमा वडा ३ अध्यक्ष रोशन सिवाकोटी ( रोसनी ) ले गर्नु भएको थियो ।
उदघाटन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष होम प्रसाद चुडाल ,विभिन्न विद्यालयका प्र अहरु ,व्यवस्थापन समितिका अध्यक्ष हरु ,३ नम्बर जनप्रतिनिधि,वडा सचिव  तथा हल्दिवारी डटकमका अध्यक्ष तथा प्रधान सम्पादक नेत्र बिक्रम बिमलिको समेत उपस्थित रहेकोे थियोे ,
कार्यपालिका सदस्य तथा ३ नम्बर खेलकुद समिति अध्यक्ष सर्मिला विकले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई प्रमुख अतिथि लिङ्ग्देन तथा विशेष अतिथि गिरिले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
वडा नम्बर ३ का ३ सामुदायिक तथा १ निजि विद्यालयले भागलिएको उक्त प्रतियोगितामा
 पन्चायत मा बि प्रथम भएको थियोे ।
:कुन  विद्यालयले कति स्वर्ण ,कति रजत र कति कास्य प्राप्त गरे विवरण सहित –
 प्रथम : पन्चायत मावी ३ स्वर्ण ४ रजत ४ कास्य
दोस्रो: रामेश्वर प्रा बि ३ स्वर्ण ४ रजत २ कास्य
तेस्रो  : लक्ष्मी मावी ३ स्वर्ण  २ रजत ३ कास्य
चौथो : चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालय ३ स्वर्ण २ रजत २ कास्य पदक जितेका थिए ।
कार्यक्रमको अन्तमा वडा अध्यक्ष बाट बिजयी विद्यालय ,विद्यार्थी हरुलाई मेडल ,प्रमाणपत्र बाट सम्मान गर्नु भएको थियो । प्रथम ,दोस्रो ,तेस्रो हुने विद्यालयलाई नगद पुरस्कर ,शिल प्रमाणपत्रले सम्मानित गरिएको थियोे ।अबिराज खतिवडा

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article