हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

पाथीभरा कालिका सामुदायिक बनले अति विपन्न ९६ विद्यार्थीलाई बाड्यो न्यानो कपडा

 जलथल । हल्दिवारी गाउँपालिका ४ अवस्थित पाथीभरा कालिका सामुदायिक बन उपभोक्ता समुहले स्थानीय महेन्द्र मावी र किरातेस्वर शिव मन्दिर गुरुकुलमा अध्यन गर्ने ९६ अति विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा ट्याकसुट बितरण गरेको थियोे ।

Advertisement

हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य तथा सामुदायिक बनका अध्यक्ष चिरञ्जीवी पौडेल ( चिरन ) को सभापतित्वमा महेन्द्र माविमा भएको कार्यक्रममा न्यानो कपडा बितरण गरिएको बन कि सचीव भागिरथा मैनालीले बताएकी छ्न ।

Advertisement

उक्त न्यानो कपडा बितरण गर्ने कार्यक्रमलाई प्रमुख अतिथी गापा अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन ,सामुदायिक बनका अध्यक्ष चिरञ्जीवी पौडेल ,सामुदायिक बन उपभोक्ता महासघका जिल्ला अध्यक्ष वेदप्रकास भण्डारी ,स्थानीय जनप्रतिनिधि केदार उप्रेती लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियोे ।

सामुदायिक बनले अति विपन्न परिवारका छोराछोरीलाई न्यानो कपाल बितरण गर्न छुट्टाएको ९५ हजार बराबरको ट्याकसुट बनाएर स्थानीय गुरुकुल र महेन्द्र माविका विद्यार्थीलाई बितरण गरिएको सामुदायिक बनका कोषाध्यक्ष तथा कार्यक्रम सहजकर्ता हेमराज काफ्लेले जानकारी दिनुभए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)