हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी तिनमा युवा व्यवसायीले सुरुगरे साबुन उधोग

जलथल ,१६ माघ । हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले आज एक कार्यक्रमको बिच युवा व्यवसायी मिलन गिरिले संचालन गरेको झापा साबुन उधोगको उदघाटन गर्नु भएको छ।

Advertisement

Advertisement

आफ्नो उदघाटन मन्तव्य राख्दै उपाध्यक्ष गिरिले भन्नुभयो २०,२५ लाख खर्च गरेर बिदेश जानुको सट्टा आफ्नै देशमा केही गर्छु भनी थालिएको उद्योगले आफुलाई मात्र नभएर समाज र रास्ट्रलाई नै सहयोग पुग्ने हुदा स्थानीय सरकारले समेत आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।हल्दिवारी गाउँपालिकाले अब उधारो व्यवसायलाई समेत प्राथमिकता राखी अघि बड्ने र युवाहरुले फरक फरक व्यवसाय शुरु गरि समृद्धि तर्फ लाग्नु पर्ने उहाको भनाई थियो ।

त्यस्तै वडा न. ३ अध्यक्ष रोशन सिवाकोटीले जन्मदेखी मृत्यु सम्म उपयोग हुने साबुन उधोग संचालन गरेर आफ्नै ठाउँ केही गर्न सकिने उदाहरण युवा व्यवसायी मिलन गिरिलेदिएको हुदा अरुले पनि सिक्नु पर्नेमा जोड दिईन ।

त्यस्तै आफ्नो मन्तव्य राख्दै ४ नम्बर वडा अध्यक्ष होम प्रसाद चुडालले गाउँ पालिकाले कृषि लाई मात्र होइन साच्चै समृद्धि ल्याउने हो भने उधोग व्यवसायलाई अगाडी बडाउनु पर्ने र कर समेत छुट गरि सहयोग गर्नु पर्ने बताए ।

कार्यक्रममा रणकाली सामुुदायिक बनका अध्यक्ष धनबहादुर सावा ,स्थानिय युवा अभिसेख खतिवडा लगायतले उक्त उधोगको सफलताको कामना गरेका थिए ।हल्दिवारी ३ मेजर्निचोकमा झापा साबुन उधोगको नाममा शुरु गरिएको उधोग संचालन गर्न ४० लाख खर्च गरिएको छ भने ६ जनाले रोजगारी समेत पाएको युवा व्यवसायी मिलन गिरिले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)